What is ganotherapy गानोथेरापीबारे सामान्य जानकारी



गानोथेरापीबारे सामान्य जानकारी

आजको संसारमा, वहुसंख्यक जनसंख्याहरु वातावरणिय प्रदुषण, तनाव र धेरै बोसोको मात्रा, कोलेस्ट्रोल, चिनी, नुन र रसायनिक अखाद्य तत्वहरु र अस्वस्थ्यकर खानपान र जीवनशैलीको कारणले विरामीहुनु-पूर्वको अवस्थामा छन् । यस किसिमको परिस्थितिमा, रोग लागेर उपचारको पछि लाग्नु भन्दा, स्वास्थ्य अवस्थामा देखिन सक्ने खराबीबाट बच्नु नै वुद्धिमानी हुन्छ । एउटा भनाइ पनि त सर्व-प्रचलित छ रोगको उपचार गर्नु भन्दा रोगबाट बच्नु नै बेस हुन्छ।

गानोथेरापी भनेको संतुलिततरिकाले उपचार गर्ने धेरै वैकल्पिक उपायहरु मध्ये एक पूर्ण उपाय वा तरिका हो । गानोथेरापी यो विश्‍वासमा आधारित छ कि हाम्रो शरीर आँफैमा सबैभन्दा उत्तम डाक्टर हो । हाम्रो शरीरको प्रतिरक्षा शक्ति (इम्युन सिस्टम) उच्च क्षमतामा हुँदा एकैपटक धेरै रोगहरुसँग लड्न सक्छ र कुन रोगसँग पहिले लड्ने र कुनसँग पछि लड्ने भन्ने प्राथमिकता पनि जान्दछ र साइड-इफेक्टहरु पनि हुँदैन । यसरी शरीर भित्रको विकार र विषाक्त तत्वहरुबाट छुटकारा पाउँदा वा रोग निको हुँदा त्यसको प्रतिक्रिया केवल देख्‍न वा महसुष मात्र गर्न सक्छौं । गानोथेरापीमा फलको सिंगो भागबाट गानोडर्मा झिकिन्छ र यसको माइसेलियमालाई स्वास्थ्य लाभको लागि प्रयोगमा ल्याइन्छ ।


गानोथेरापीका ५ आधारभूत सिद्धान्तहरु:
१.     अस्वस्थता वा रोगका मुख्य २ कारणहरु हुन्छन्: शरीर भित्र हुने विषाक्त तत्वहरु र शरीर भित्रकोतालमेलमा गड्बडी
२.     गानोडर्माले रोगको उपचार गर्ने होइन, यसले शरीर भित्रको विविध प्रणालीमा संतुलन ल्याउन मद्दत गर्छ र रोग विरुद्ध लड्ने प्रतिरक्षा शक्तिलाई सुधार गर्छ ।
३.     यदि शरीरमा कुनै प्रतिक्रिया (रियाक्सन) देखिन्छ भने, त्यो हाम्रो शरीर भित्रकै कुनै प्रणालीको कारणले गर्दा हो; गानोडर्मा सेवन गरेको कारणले होइन ।
४.     सेवन गरिने गानोडर्माको मात्रा (डोज) कुनै पनि रोगहरुको लागि सान्दर्भिक हुदैनन् ।


गानोथेरापीका चरणहरु
गानोथेरापीका केही चरणहरु निम्न अनुसार छन्:
 चरण १: स्क्यानिङ्ग (१ देखि ३० दिन सम्म)
गानोडर्माले शरीरको कार्यलाई नियमित गर्न मद्दत पुर्‍याउँछ । शुरु-शुरुमा गनोद्रर्मा  लिंदा, स्क्यानिङ्गको प्रभाव स्वरुप शरीरले धेरै किसिमको प्रतिक्रियाहरु पनि देखाउन सक्छ, जसको मद्दतले हाम्रो शरीरका कुन-कुन भाग वा अंगहरु अस्वस्थ छन् भन्ने कुरा पहिचान हुन सक्छ ।

चरण २:  शरीर भित्रको सफाई विषाक्त तत्व निस्कासन प्रक्रिया (१ देखि ३० हप्ता)
१.     हाम्रो शरीरमा जम्मा भएर बसेको युरिक एसिड, अधिक मात्राको कोलेस्ट्रोल, बोसो, क्यालसियमको संग्रह, खराब तन्तु तथा अन्य रसायनिक पदार्थहरु नै विषाक्त तत्वहरु हुन् ।
२.     हाम्रो शरीरले पसिना र रक्तसंचार प्रणालीको माध्यमबाट (मृगौला र कलेजो) विषाक्त तत्वहरुहटाउँछ वा बाहिर निस्कासन गर्छ; र ती विषाक्त तत्वहरु पिसाप र दिशा, पिलो, खटिरा, खकार र सिंगानको रुपमाबाहिर निस्कासन हुन्छन्।

चरण ३: शरीरमा नियमितता कायम गर्ने(१ देखि १२ महिना सम्म)
१.        गानोडर्माको संन्तुलनकारी प्रभावले शरीर भित्रको प्रणालीलाई नियमित गर्न मद्दत पुर्‍याउँछ ।
२.        यसरी नियमित बनाउने प्रक्रियाको दौरान शरीरले केही प्रतिक्रियाहरु पनि देखाउन सक्छ, तर यसलई शरीर भित्रको खराबीहरुको उपचार भइरहेको भनी बुझ्नुपर्छ; र यसको बारेमा खासै चिन्ता गर्नुपर्दैन ।
३.        रेइशी गानो सेवन गर्दै जानुपर्छ ।
४.        यदि शरीरले निकै सशक्त प्रतिक्रिया देखाउन थाल्यो भने यसको मात्रा (डोज) कम गर्नुपर्छ र/अथवा गानोसेलियम- (जि.एल.) को मात्रा बढाउनुपर्छ । शरीरले देखाएको प्रतिक्रिया यदि कम हुँदै गयो वा रोकियो भने, पहिलेको जस्तै सामान्य मात्रा (डोज) पून: शुरु गर्न सकिन्छ ।  (प्रतिक्रिया) देखिए पनि सोही मात्रा लिंदै जान सकिन्छ ।  

चरण ४: शरीरको वृद्धि र विकासगर्ने(६ देखि २४ महिना)
१.       यस प्रक्रियामा चोटपटक लागेका र खराब भएका शारीरिक अंगहरु सन्चो हुँदै जाने र शरीरका ती भागहरुको वृद्धि र विकास हुँदै जान्छन् ।
२.       शरीरको प्रतिरक्षा शक्ति सबल र सुदृढ हुँदै जान्छ; शारीरिक तन्दुरुस्तीमा सुधार आउँछ; मष्तिष्क शान्त रहन्छ र रोगहरु विरुद्ध प्रतिरोध गर्ने शक्ति सिर्जना हुन्छ ।
३.       खनिज पदार्थ र ट्रिटरपेनोइड जस्ता शरीरको कार्य क्षमता शक्ति फर्काउने विभिन्न तत्वहरु शरीरमा आपुर्ति गर्छ  
चरण   ५: पुनर्जिवित गर्ने (१ देखि ३ वर्ष सम्म)
१.       शरीरमा पूनर्जिवन ल्याउनु नै गानोथेरापीको अन्तिम लक्ष्य हो ।
यो एउटा यस्तो प्रक्रिया हो, जसले गर्दा शरीरले निकै उच्च स्तरमा रहेर काम गर्छ र यसमा व्यक्तिको यौवनलाई कायम राख्‍ने, शक्ति दिने र मनको शान्ति पनि कायम राख्‍ने जस्ता पूनर्जिवनदिने प्रभाव रहन्छ 




#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !